नेता एन पि साँउद समक्ष भागरथि को आमाको गुनासो-दिनेश भट्ट मेरो छोरा
नेपाली कांग्रेसका नेता एनपी साउदसहितको टोलीसँगको भेटमा उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका किशोर दिनेश भट्टले छोरी भागरथीको हत्या भएको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको भागरथि भट्ट आमा द्रोपती भट्ट बताएकी छन्।
एसििपी पिप न्युजका डिस्टिक रिपोटर अनिल भण्डारी द्वारा प्राप्त अडियो क्लिपमा आमा द्रोपदीले अभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।
घटना भएको दिन उ (दिनेश) चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ (किशोर) कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मार्यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रोपतीले भनेकी छन्
उनले प्रहरीले हत्यामा संलग्न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका किशोर दिनेश भट्ट एक्लैले भागरथीको हत्यानै गरेको भए उनलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन् । “कि त त्यस (किशोर) ले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ,” भागरथीकी आमाले अडियो क्लिपमा भनेकि छिन्।
प्रहरीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न भएको दाबी गर्दै दिनेशलाई सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेता साउदसहितका कांग्रेस नेताहरु भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।
उक्त टोलीमा संविधान सभा सदस्य बहादुरसिंह थापा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी कोषाध्याक्ष जानकी सिंहलगायत नेता–कार्यकर्ताहरु थिए । महिला संघकी कोषाध्यक्ष सिंहले पनि भागरथीकी आमा प्रहरीले सार्वजनिक गरेको किशोरले छोरीको हत्या गरेको दाबीमा विश्वस्त नदेखिएको प्रतिक्रिया दिइन्


