नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गर्नुभयो । उहाँले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराउनुभयो ।
परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालका लागि भारत धेरै नै महत्वपूर्ण रहेको भन्दै नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताउनुभयो । उहाँले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध रही आएको बताउनुभयो ।
नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउनुभयो । ईमेजखबर



