१ श्रावण २०८३, शुक्रबार

नेपालगंज क्षेत्रको बिकास चार खम्बामा टिकेको-मेयर डा. राणा

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार १२:५४ मा प्रकाशित

बाँके यूनेस्को क्लबको ३१औं साधारण सभा आईतवार नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल शम्शेर राणाले कलशमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

प्रमुख अतिथी राणाले नेपालगंज उप महानगरपालिकाको सम्पुर्ण बिकासको लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउदै नेपालगंजको भबिष्य यहाको शिक्षा, स्वास्थ्य, उद्योग ब्यवसाय र पर्यटन क्षेत्रको बिकासमा टिकेको हुनाले ती चार ओटा खम्बाको बिकासमा आफुहरु लागिपरेको बताउनु भयो । मेयर राणाले बाँके यूनेस्को क्लबले बाँके र बर्दियाको आमनागरिकहरुको लागि गरेको कार्यहरुको प्रसंशा गर्दै आगामी दिनमा पनि अझ राम्रो कार्यहरु संचालन गर्न सुझाव दिनुभयो । क्लबका महासचिव मिना भुषालले संस्थाको सांगठनिक प्रतिव्ेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष बुधेश जयसवालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाको तर्फबाट फिल्डमा कार्य गर्ने संगीता रिजाल र अनुप बर्मा तथा कार्यालयमा काम गर्ने लेखाप्रमुख बेदप्रसाद पंगाली र कार्यकारी निर्देशक रबि तुलाधरलाई बर्षको उत्कृष्ट कर्मचारी घोषित गर्दै नगद २ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । तेस्तै बाँके यूनेस्को क्लबलाई सहयोग गर्ने बिभिन्न संस्था तथा ब्यक्तिहरुलाई समेत प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई क्लबका अध्यक्ष राजेन्द्र चौधरी, प्रमुख अथिती राणा, क्लबका प्रमुख संरक्षक प्रबेज अलि सिद्दिकी गैसस बाँकेका अध्यक्ष नमस्कार शाह, ईजीआरपीका संयोजक उपेन्द्र भण्डारी, प्लान ईन्टरनेशनल नेपालका रमेश खत्री लगाएतले पुरस्कार तथा सम्मान–पत्र बितरण गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x