९ मंसिर २०८३, मंगलवार

नेपालगंज ८ को आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक योजना तर्जुमा एवं वडा भेला सम्पन्न

एसीपी संवाददाता

३ असार २०८२, मंगलवार १९:२८ मा प्रकाशित

नेपालगंज – नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ मा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक योजना तर्जुमा एवं वडा भेला कार्यक्रम सम्पन्न ।

नेपालगंज वडा नम्बर ८ का वडा अध्यक्ष रजनीश वाजपेयीको अध्यक्षतामा आज ८ नम्बर वडाको आर्थिक वर्ष २०८२ को लागि वार्षिक योजना तर्जुमा एवं वडा भेला कार्यक्रम सम्पन्न भयेको छ ।
नेपालगंज वडा नम्बर ८ पूर्वलाइन स्तिथ कन्हैयालाल धर्मशालामा कार्यक्रम सम्पन्न भयेको वडा अध्यक्ष वाजपेयीले जानकारी दिनुभयो ।

कार्यक्रम मा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रजनीश वाजपेयी , वडा सदस्य निखिल वैश , अमन गुप्ता , निर्मला कनोजिया , विमला देवी वैश , वडा सचिव शान्ता धर्ती , प्रशासन सहायक प्रेम बजगाँई  , राष्ट्रीय प्रजन्ता पार्टी ( राप्रपा ) का केंद्रीय सदस्य नेपालगंज उधोग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश , नेपालगंज सदरलाइन रेडक्रास सोसाइटी का अध्यक्ष ओम प्रकाश आजाद लगायत सम्पूर्ण वडा वासीहरु को उपस्तिति रहेको थियो ।

साथै निवृत्त स्वयं सेविकाहरूलाई सम्मान गरियो । कार्यालयले हरेक बर्ष जस्तै जनता लाई हुने विभिन्न योजना परिचालन गर्दै जाने प्रतिबद्धता गरेको हो । शिक्षा , स्वास्थ्य र सरसफाइ जस्ता कार्य , निर्माण कार्यमा सक्रिय हुदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x