१२ भाद्र २०८३, शुक्रबार

नेपालगञ्जमा गुल्जार-ए-अदबकाे मासिक तरहि मुशायरा

एसीपी संवाददाता

२ भाद्र २०८२, सोमबार ०८:१२ मा प्रकाशित

नेपालगञ्ज  । महेंद्र पुस्तकालयमा गुल्जार-ए-अदब नेपालगञ्जकाे मासिक तरहि मुशायरा सम्पन्न भएकाे छ । यस पटकको मुशायराको मिसरा-ए-तरह थियो –“जिन्होंने बस्ती उजाड़ डाली, कभी तो उनका हिसाब होगा।”
कार्यक्रमको अध्यक्षता वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मीले गर्नुभयो भने सञ्चालन अदबका उपाध्यक्ष नुरुल हसन “नुर”ले सफलतापूर्वक निर्वाह गर्नुभयो।
मुशायरामा मिसरा-ए-तरहमा “शायर” कविहरूले प्रस्तुत गरेका गजल तथा शेरहरूलाई दर्शक–श्रोताले निकै मन पराएका थिए।
सहभागी कविहरूमा गुल्जार-ए-अदबका संरक्षक तथा वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मी “सैय्यद नेपाली”, गुल्जार-ए-अदबका अध्यक्ष तथा शायर
मुस्तफा अहसन कुरैशी “अहसन”, आदिल सरवर “सरवर नेपाली”, नशीर माेहम्मद “अन्सर नेपाली”, इस्माइल अन्सारी, मेराज अहमद “हिमाल”, नुरुल हसन “नुर”, सैय्यद आसिम सरवर, नुर मोहम्मद अन्सारी लगायतले मिसरामा आधारित रहेर गजलहरु पढेका थिए ।
कार्यक्रममा डा. उमेर सादिक, अजमल, राशिद कमाल, बब्बु फारुकी लगायत अन्य व्यक्तिहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो।
मुशायराको समापनमा आयोजकहरूले भविष्यमा पनि नेपाली समाजमा उर्दू साहित्यको प्रवर्द्धन र प्रसारलाई अझ सशक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x