४ श्रावण २०८३, सोमबार

नेपालगञ्जमा सुजुकी कारको आधिकारिक बिक्रेता युनाइटेड ग्रुपको सेवा संचालन

एसीपी संवाददाता

१८ मंसिर २०७७, बिहीबार ०८:३२ मा प्रकाशित

नेपालगञ्ज, सुजुकी कारको आधिकारिक बिक्रेता युनाइटेड ग्रुपले आफ्नो सेवा औपचारिक रुपमा सुरु गरेको छ । बाँकेको जानकी गाउँपालिकाको गनापुरमा ग्रुपले आफ्नो सेवा विस्तार गरेको हो । बिहीबार एक कार्यक्रमका बीच सिजी मोटोक्रपका सिइओ करन चौधरीले अवलोकन भ्रमण गरेका थिए । सोही अवसरमा सुजुकी कार खरिद गरेकाहरुलाई हस्तान्त्रण गर्दै सेवा विस्तार गरिएको हो । यसअघि युनाइटेड अटो मोटिभले अनौपचारिक रुपमा सेवा सञ्चालन गर्दै आएको थियो । मोटिभको बाँके, सुर्खेत, बर्दिया र जाजरकोट कार्यक्षेत्र रहेको म्यानेजर निर्मल ओलीले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा सुजुकी कारको नै बिक्रि वितरण हुन्छ । बिहीबार मात्रै सुजुकी कार खरिद गरेका चार जनालाई सिइओ चौधरीले संयुक्त रुपमा चाबी हस्तान्त्रण गरेका थिए । चारै जनाले ४४ लाख मूल्यका सुजुकी कार खरिद गरेका हुन् । म्यानेजर ओलीले उक्त कार अध्याधुनिक सेवासहितको रहेको जानकारी दिए । ती कारमा स्क्रिन टच र ब्याग क्यामरा लगायतका सुविधा रहेको उनले बताए । युनाइटेड अटो मोटिभमा न्युनतम १२ लाखदेखि अधिकतम ७९ लाखसम्मका गाडि तथा कारहरु रहेका छन् । यस्तै ग्राहकहरुका लागि विभिन्न किसिमका सुविधा समेत प्रदान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x