नेपालगञ्जमा GESI समावेशी DRRM विषयक एक दिवसीय कार्यशाला सम्पन्न
नेपालगञ्ज जेष्ठ ९ गते शुक्रबार — नेपालगञ्ज उपमहानगरपालिका र संयुक्त राष्ट्र महिला (UN Women) को संयुक्त आयोजनामा आज एक दिवसीय GESI (Gender Equality and Social Inclusion) समावेशी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (DRRM) सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
कार्यक्रम बिहान ९ बजेदेखि सुरु भएको हो । उद्घाटन सत्रमा MOIAL (मन्त्रालय प्रतिनिधि) द्वारा स्वागत मन्तव्यसहित कार्यक्रमको औपचारिक उद्घाटन भएको थियोे । । उद्घाटन सत्रमा बिविशिका भण्डारी (संयुक्त राष्ट्र महिला), MOSD, DDMC र नेपालगञ्ज SMC का प्रतिनिधिहरूले मन्तव्य राख्नु भएको थियोे ।
कार्यशालाको प्रारम्भिक चरणमा सहभागीहरूबाट पूर्व-परीक्षण (Pre-test) लिइएको थियो। त्यसपछि मानवीय क्लस्टर प्रणालीबारे MOIAL, संयुक्त राष्ट्र महिला, र प्रादेशिक प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।
कार्यशालाको प्रमुख आकर्षणको रूपमा लिङ्ग समावेशी ढाँचा, सेन्डाइ ढाँचा, IASC लिङ्ग नीति, SPHERE मापदण्ड र GESI प्राथमिकताबारे DRR विशेषज्ञ डा. राजु थापाले विस्तृत प्रस्तुति दिएका थिए।
नेपालगञ्ज उपमहानगरपालिकाका DRR फोकल व्यक्ति दीपेन्द्र श्रेष्ठले स्थानीय GESI समावेशी रणनीतिक योजना प्रस्तुत गर्नु भयो ।
दिउँसोको सत्रमा DRRM मा GESI को एकीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, महिला संस्थाहरूको भूमिका, तथा क्लस्टर योजनामा GESI को समावेशबारे विस्तृत छलफल भएको थियो। यस सत्रमा UN महिला तथा अन्य विज्ञहरू—शक्ति गुरुङ, संजिता तिमिल्सिना लगायतले विचार राख्नु भएको हो ।
कार्यशालाको अन्त्यतिर समूहगत छलफलमार्फत GESI अन्तरालको पहिचान र GESI विषयमा नियमित बैठकको आवश्यकता बारे कार्ययोजना तय गरियो।
कार्यक्रमको समापनमा CSO प्रतिनिधिहरूले अभिमत प्रस्तुत गरेका थिए भने UN महिलाकी कार्यक्रम अधिकृत बिविशिका भण्डारीले आगामी कार्यदिशा प्रस्तुत गरिन्।
कार्यशालामा लुम्बिनी प्रदेशमा रहेका मन्त्रालयका सचिवहरु, यूएनडीपीका प्रतिनिधि , यूनीसेफका प्रतिनिधि, युएन उमेन, हेन्डीकैप इन्टरनेशनल, सीडीएम लगायतको आर्थिक सहयोग र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना शहरी विपद तथा भुकम्पिय पूर्व तयारी परियोजना (SUPER) को आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाका प्रतिनिधि एंव सरोकारवालाहरूको विशेष सहभागिता रहेको थियो।



