३२ असार २०८३, बिहीबार

नेपालगञ्ज: गुलज़ार-ए-अदबको भव्य आयोजना, विविध साहित्यिक प्रस्तुति सम्पन्न

एसीपी संवाददाता

२९ चैत्र २०८१, शनिबार १८:३६ मा प्रकाशित

नेपालगञ्जको महेन्द्र पुस्तकालयमा चैत्र ३० गते दिउँसो १ बजे ‘गुलज़ार-ए-अदब’ नामक साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा विविध क्षेत्रका साहित्यकार, पत्रकार, र कविहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ हाफिज अहमद रजाद्वारा पवित्र कुरानको तिलावतबाट गरियो। कार्यक्रममा प्रमुख सञ्चालकको रूपमा डा. ज़ैनुल आबेदिन रहनु भयो, जसले कार्यक्रमलाई सम्हाल्दै साहित्यप्रेमीहरूलाई स्वागत गरे।

कार्यक्रममा विशेष अतिथिको रूपमा प्रसिद्ध शायर सैयद नेपाली साहब उपस्थित हुनुहुन्थ्यो। पत्रकार समीर अली साहबले आफ्ना सशक्त रचना प्रस्तुत गर्दै दर्शक-श्रोताको मन जित्नुभयो।

शायर नूर मोहम्मद अन्सारी, नातख्वान नूरुल हसन साहबले ईद सम्बन्धी भावनात्मक नात पेश गर्नुभयो। साथै, आदरणीय शायर जनाब आदिल सैयद, सरवर नेपाली साहब र अथ्हत हुसेन साहबले पनि आफ्ना शायरी प्रस्तुत गरेर श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रममा विशेष उपस्थितिका रूपमा रहनु भएका श्री सचिदानन्द चौबे — जसले रामायण अनुवाद गर्नुका साथै ९ वटा पुस्तक लेखिसक्नुभएको छ — ले पनि आफ्नो सृजनात्मक यात्राबारे दर्शकहरूलाई जानकारी गराउनुभयो।

पंकज कुमार श्रेष्ठले पनि कार्यक्रमको वातावरणलाई काव्यमय बनाउँदै प्रभावशाली शायरी प्रस्तुत गर्नुभयो।

गुलज़ार-ए-अदबले नेपालगञ्जको साहित्यिक माहोलमा नयाँ ऊर्जा भरेको छ। यस्तो किसिमको कार्यक्रमले भाषा, संस्कृति र सृजनात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने आयोजकहरूको विश्वास छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x