४ श्रावण २०८३, सोमबार

नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार

एसीपी संवाददाता

१७ मंसिर २०७७, बुधबार ०३:१० मा प्रकाशित

नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार
गरिएको छ । नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लक्ष्यका साथ अघि बढेको सरकारले २८ करोड ५३ लाख बजेट खर्चेर पार्किङस्थल बढाएको हो ।

पार्किङस्थलको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभयो ।मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि मास्टर प्लान बनाएर अघि बढेको बताए ।मन्त्री भट्टराईले पश्चिम नेपालगञ्ज र पूर्वमा विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिए ।

‘नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य हो, मन्त्री भट्टराईले भन्नुभयो, ‘त्यसका लागि चार अर्बको लगानी गर्दैछौं ।’उनले टर्मिनल भवन, रनवे विस्तारदेखि भौतिक पूर्वाधारमा ४ अर्ब खर्च गर्न थालेको बताउदै विमानस्थल विस्तारमा आसपासका जग्गा अधिग्रहण गर्दा अझ लगानी हुने बताए । तस्बिर दिलिप सोनिको फेसबुकबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x