१२ असार २०८३, शुक्रबार

नेपालगन्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार ०७:४९ मा प्रकाशित

नेपालगन्ज । नेपालगन्जमा आजदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जको सहआयोजनामा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको वडा अध्यक्ष विरेन्द्र बहादुर शाह र संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रशिक्षक जयन्त कुमार श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गरेर उदघाटन गर्नुभएको हो ।

प्रतियोगिता भोलिसम्म चल्ने समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल्स, गर्ल्स सिंगल्स लगायतका इभेन्ट समावेश गरिएको छ । मेन्स डबल्समा नगद पुरस्कार राखिएको छ भने अन्यमा पदक, कप र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । डबल्समा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ६ हजार तथा तेस्रोले ३ हजारसहित पदक र प्रमाणपत्र पाउनेछन् । संयोजक श्रेष्ठले डबल्समा १ हजार र अन्यमा ३ सय रुपैयाँ प्रवेश शुल्क राखिएको समेत जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित पुरुष एकलमा पनि प्रतिष्पर्धा हुने संयोजक श्रेष्ठले बताउनुभयो । मेन्स डब्ल्समा ४० टिमको सहभागिता छ । त्यसैगरी मेन्स सिङ्ग्ल्समा १६ जना, गर्ल्स सिन्ङ्ग्ल्समा १२ जना सहभागी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x