१६ आश्विन २०८३, शुक्रबार

नेपालगन्जमा जातिय बिभेद तथा छुवाछुत बिरुद्ध सरोकारवालको भूमिका बिषयक अन्तरक्रिया

एसीपी संवाददाता

८ चैत्र २०७७, आईतवार १६:१९ मा प्रकाशित

५६ औ अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवसका अबसरमा आईतबार नेपालगन्जमा उक्त अन्तरक्रिया गरिएको हो । “जातिय छुवाछुत र हिंसा विरुद्धमा हामी” भन्ने राष्ट्रिय नारा तय गरिएको कार्यक्रम गैर सरकारी संस्था महासंघ बाँके लगायत करिब दुई दर्जन संघ संस्थाको आयोजनामा सम्पन्न भएको हो । गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत तुलसीपुर ईजलाश नेपालगन्जका मुख्य न्यायधिश रत्न बहादुर बागचनले जातिय छुवाछुत अन्त्यका लागि व्यवहारिक परिवर्तनको आवश्यकता औल्याउनुभयो । उहाले मानव अधिकारको संरक्षणमा गर्न सकेमा जातिगत रुपमा अधिकार माग्नुपर्ने अवस्था नरहने बताउनुभयो । कार्यक्रममा जिल्ला बार ईकाई अध्यक्ष जनक शाही ,उच्च अदालत बार ईकाई अध्यक्ष विकास आचार्य ,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्री , दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बिक, समर्पण नेपालमा अध्यक्ष मोहन लाल सोनखर लगायत घारणा राखेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिपक थापाले जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सरोकारवालहरुको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x