१४ आश्विन २०८३, बुधबार
नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
नेपालगन्जकी कोरोना संक्रमित ८० वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ की ती महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा गएराति साढे ११ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
Subscribe
Login
0 Comments


