११ मंसिर २०८३, बिहीबार
नेपालगन्जमा बर्दियाका कोरोना संक्रमितको मृत्यु
भेरी अस्पताल नेपालगन्जमा बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको छ । गेरुवा गाउँपालिका ५ का ७२ वर्षीय पुरुषको सोमवार विहान १ः११ बजे मृत्यु भएको हो । मंसिर १३ गते सेती अस्पतालमा कोरोना परीक्षण गराएको उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको मंसिर १३ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ देखिएपछि १५ गते अस्पतालमा भर्ना गरीएको थियो ।
श्वास प्रश्वासमा समस्या भएका ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै बर्दियामा कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १५ पुगेको छ ।
Subscribe
Login
0 Comments


