३२ असार २०८३, बिहीबार

नेपालगन्जमा शोभा यात्रा, धूमधामले मनाइयो गुल्लावीर पर्व

एसीपी संवाददाता

५ चैत्र २०८१, बुधबार १२:४५ मा प्रकाशित

नेपालगन्ज – होली पर्वको आज अंतिम दिन मंगलवार नेपालगन्ज शहरमा गुल्लावीर पर्व धूमधामले मनाइएको छ । ३ नम्बर वडा स्थित नगरको प्रसिद्ध,काली माता मन्दिर, बागेश्वरी मन्दिर, वेस्कोरियन टोल स्थित हनुमान मन्दिर ११नम्बर वडामा रहेको मरीमाता मंदिरमा गुल्लावीर पर्व धूमधामले मनाइएको छ ,

नेपालगन्जको लखेर समुदायले आयोजना गरेको गुल्लावीर पर्वको कार्यक्रममा सनातनीअन्य समाजको भक्तजनहरुको भीड रहेको थियो ।

श्रद्धालुजनहरुले काली माता मन्दिरको छेउमा रहेको गुल्लावीर मन्दिर देखि शोभा यात्रा निकालेर बागेश्वरी मंदिर पुगी पुजाआजा गर तत्पश्चात शोभा यात्रा ११ नम्बर वडा स्थित मरीमाता मन्दिर पुगेर विधिविधान व मंत्रोच्चार द्वारा पूजा गरेर आयोजकले श्रद्धालुजनहरुमा प्रसाद वितरण गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x