नेपालगन्जमा हुण्डी कारोबार गरेको शंकामा छापा , अपराध रोक्न निरन्तर सक्रियतामा बाँके प्रहरी

नेपालगन्जमा अबैध हुण्डी कारोबारी तथा दोहोरो नागरिकता राख्नेहरु माथी कार्यवाही गर्दै बाँके प्रहरीले आज पनि छापा मारेको छ। नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय बाट प्रहरी प्रमुख तुल बहादुर कार्कीको नेतृत्व हबिब सिद्देकीको घरमा छापा हानी रु. १५ लाख भन्दा बढी नगद बरामद गरेको हो । घर बाट प्राप्त रकम नै हुण्डी कारोबारको व त्यसको केही श्रोत बाट प्राप्त गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपालगन्ज निवासी हबिब सिद्दीकी संग दोहोरो नागरिकता छ कि छैन र उनको घर बाट बरामद भएको रकम कहाँ बाट आएको भन्ने विषयमा सोधपुछ जारी रहेकोे छ । थप विवरण आउन बाकी रहेको छ ।
https://www.facebook.com/share/p/TD5jFf9Fsbt8nwyN/?mibextid=oFDknk / हुण्डि कारोबारमा संलग्न मानिसहरु पक्राउ
मिति २०८१।०६।०८ गते जिल्ला बाँके नेपालगंज उप-महानगर पालिका वडा नं.४ गणेशपुर स्थित जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको प्रहरी टोलिले ऐ.ऐ.बस्ने मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रूपैया ९,००,०००।-(नौ लाख) र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी लिंदा निजको घरबाट नेपाली रू ७,१०,२५५/- (सात लाख दस हजार दुई सय पचपन्न) र भारतिय रुपैया ५९,५००।- (उनान्साठी हजार पाँच सय), बिभिन्न बैंकमा बिभिन्न ब्यक्तीका नाममा जम्मा गरेका बैंक भौचरहरू लगायत बैंकका टोकनहरू समेत बरामद गरी नेपाली.रूपैया १६,१०,२५५/-र भारतिय रुपैया ५९,५००।- सहित निजहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको ।



