११ असार २०८३, बिहीबार

नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. किदाई

एसीपी संवाददाता

१ माघ २०८१, मंगलवार ०९:२३ मा प्रकाशित

बाँके । नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.रोमन किदाईले पाएका छन् । संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.किदवाईलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रदान गरेको जनाएको छ।

प्रालिले माघ मसान्तभित्र आवेदन दिन पाउनेगरी विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टार्फ नर्सलगायत करिव ९ सय जनशक्ति माग गरेको छ । तीन सय शैया अस्पताल संचालनका लागि उक्त जनशक्ति माग गरिएको संजिवनीले जानकारी दिएको छ ।

तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएको केहि दिन मै मेसु नियुक्ति गरेको हो ।  नेपालगन्ज मेडिकल कलेजको ५० प्रतिशत भन्दा बढी शेयर मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले किनेको ८ महिनापछि कलेज व्यवस्थापनले अस्पताललाई नयाँ ढंगबाट संचालनको तयारी सुरु गरेको हो । नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डा.किदवाईलाई संजिवनीमा व्यवस्थापनको जिम्मेवारी थप भएसँगै नयाँ अस्पताललाई व्यवस्थित तरिकाले संचालन गर्ने गरी काम गरिने किदवाईले युथ टुडेलाई जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x