४ भाद्र २०८३, बिहीबार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन: सदस्य पदमा सुरज बहादुर भण्डारीको स्वतन्त्र उम्मेदवारी

एसीपी संवाददाता

४ भाद्र २०८३, बिहीबार १९:०० मा प्रकाशित

नेपालगन्ज ,भदौ ४ गते — नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि व्यवसायी सुरज बहादुर भण्डारीले सदस्य पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। विगत २५ वर्षदेखि निरन्तर व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका भण्डारीले ‘व्यवसायीको हक, हित र समृद्धिका लागि एक इमानदार प्रयास’ भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा उत्रिनुभएको हो।

लामो व्यावसायिक अनुभव सँगसँगै सामाजिक कार्यमा समेत सक्रिय भण्डारी होटल स्वास्तिक (Hotel Swastik) र स्वास्तिक कटेज (Swastik Cottage) का संचालक हुनुहुन्छ। राप्ती सोनारी ९, ढकेरी स्थायी ठेगाना भई हाल नेपालगन्ज–२, न्यू रोड बस्दै आउनुभएका उहाँ सरल, शालीन र सबैका प्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उद्योग–व्यवसायीहरू बीचको सहकार्यलाई अझ प्रभावकारी र बलियो बनाउने उद्देश्यले उहाँले यस पटक सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको जानकारी गराइएको छ।

आफ्नो चुनावी प्रतिबद्धताहरू सार्वजनिक गर्दै उम्मेदवार भण्डारीले पाँच मुख्य एजेन्डाहरू अघि सार्नुभएको छ:
१. व्यापारी एकता: एकता नै शक्ति र सफलताको मुख्य लक्ष्य हुने।
२. व्यवसाय प्रवर्द्धन: व्यावसायिक विकास र समृद्धिलाई प्राथमिक आधार मान्ने।
३. पारदर्शिता र सुशासन: खुला, निष्पक्ष र जवाफदेही कार्यशैली अपनाउने।
४. सदस्यको हित: संघका सदस्यहरूको समस्यालाई पहिचान गरी समाधानलाई प्राथमिकता दिने।
५. साझा नेतृत्व: सबैको चाहना बमोजिम सहकार्य, सहभागिता र सकारात्मक नेतृत्व प्रदान गर्ने।

आगामी भदौ ६ गते हुने निर्वाचनका लागि भण्डारीले सम्पूर्ण मतदाता, उद्योगी तथा व्यवसायीहरूसँग अमूल्य मत, साथ र सहयोगको अपिल गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x