४ भाद्र २०८३, बिहीबार

नेपालगन्ज रोड (रुपैडिहा) बाट बनारसका लागि रेल सेवा सुरु हुने: मिति र स्थान परिवर्तन

एसीपी संवाददाता

४ भाद्र २०८३, बिहीबार १३:२६ मा प्रकाशित

रुपैडिहा — भारतको लखनउ रेल मण्डलले नेपाल सीमासँग जोडिएको क्षेत्रबाट सञ्चालन हुने रेल सेवाको मिति र स्थानमा परिवर्तन गरेको छ। यसअघि आगामी २४ अगस्ट २०२६ (सोमवार) का दिन बहराईचबाट रुपैडिहाका लागि रेल सेवा शुभारम्भ गर्ने तयारी गरिएको थियो। तर, लखनउ रेल मण्डलले बुधवार एक सूचना जारी गर्दै उक्त तालिकामा संशोधन भएको जनाएको छ।

नयाँ संशोधित कार्यक्रम अनुसार अब रेल सेवाको शुभारम्भ २५ अगस्ट २०२६ (मङ्गलवार) का दिन हुनेछ। मङ्गलवार अपराह्न ४ बजे नेपालगन्ज रोड (रुपैडिहा) स्टेशनबाट बनारसका लागि छुट्ने रेललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट झण्डा फहराएर औपचारिक रूपमा रवाना गर्नुहुनेछ।

बनारस जान ईच्छुकहरूका लागि सूचना:
रेल सेवाको मिति र स्थान परिवर्तन भएपछि अब नेपाल तथा भारतका क्षेत्रबाट बनारस जान ईच्छुक तथा यात्रा गर्न चाहने महानुभावहरूले नयाँ तोकिएको मिति अर्थात् २५ अगस्टका दिन यस सेवाको लाभ लिन सक्नेछन्। यस रेल सेवाको सञ्चालनले सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई धार्मिक तथा व्यापारिक यात्राका लागि ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x