१२ मंसिर २०८३, शुक्रबार

नेपालमा आर्थिक अपराध : चिनियाँ नागरिकको संलग्नता

एसीपी संवाददाता

१२ माघ २०७९, बिहीबार २३:१२ मा प्रकाशित

बिकास खडका , काठमाडौं –  नेपाल प्रहरी अन्तर्गत केन्द्रिय जांच ब्यूरोको संकलित सूचना अनुसार चिनले नेपालमा अनेक आर्थिक अपराधहरु संचालन गरिरहेका छ । गतबर्ष ठमेल छेय्रमा भएका कैयन आर्थिक अपराध मामिलामा चिनियाँ नागरिकको संगलग्नता पाइएको तथ्य सार्वजनिक नै छ । यस अतिरिक्त ( we – chat / we pay ) जस्ता अनाधिकृत आर्थिक लेनदेन जालोलाई नेपालमा प्रयोग भएका अनेकन घटनाहरु उपलब्ध छ्न । हाल चीन क्रीसटो करेन्सी जस्ता गैरकानुनी क्रीयाकलापहरु बडो सक्रिय रूपले नेपालमा संचालन गरिरहेको छ । यसले नेपालको आन्तरिक अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेको छ ।
नेपाल प्रहरीको सक्रियताले ठमेल सहित काठमाडौंको अन्य स्थान बाट चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन । गत बर्ष चिनिया नागरिकहरुले दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाईरहेको अबस्थामा चार जना चिनिया नागरीकलाई पक्राउ परेका थिए । यस्तै बिगतमा क्यासिनोकै शैलीमा चिनियाँ भाषामा ‘माजुङ’ भनिने गोटी राखेर खेल जुवा खेलाउने भन्दै प्रहरीले चिनियाँलाई पक्राउ गर्‍यो  ।  चिनियाँ नागरिकहरु सङ  बाघको छाला, दाँत र कस्तुरीको बिना फेला परेको थियोे  । बुद्धचित्त, रुद्राक्ष दालचिनी, सिलाजित जस्ता जडीबुटी पनि भेटिए ।  खानलतासीमा फेला परेका दसीहरूबाट आफूहरू अचम्ममा परेको र अनुसन्धानको दायरा फराकिलो परेको प्रहरीले बताउँदै आएका हुन ।  चिनियाँहरुले  पाँच वर्षदेखि होटल भाडामा लिएर विलङ सी नामका चिनियाँ नागरिकले अबैध धन्दा चलाएको हुन  । सञ्चालक भने फेला परेका छैनन् । प्रहरीले होटलबाट विभिन्न बैंकका ३५ थान एटीएम कार्ड, बैंक भौचर, बिल र ८ लाख नेपाली रुपैयाँ फेला पारेको छ । सुन तस्करी, बैंक  ह्याकिङ, वन्यजन्तु तस्करी, चोरी र झैझगडा जस्ता घटनामा चिनियाँ नागरिकहरूको संलग्नता हुने गरेको छ  । अनुन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार २०६० साल आसपासदेखि नेपालमा अपराधमा चिनियाँ नागरिकहरूको संलग्नता हुन थालको हो । शुरुमा रक्तचन्दन र वन्यजन्तुका अङ्ग ओसारपसारमा संलग्न थिए । त्यो समय नेपालमा रक्तचन्दको अवैध कारोबार निकै फस्टाएको थियो । रक्तचन्दन भारतबाट नेपाल हुँदै चीनतर्फ तस्करी हुन्थ्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x