नेपालमा उत्पादन भएको बिजुलि भारतले किन्ने
नेपालबाट ३० मेगावाट बिजुली भारतमा निर्यात हुने भएको छ ।
सरकारले आगामी असारदेखि नेपालमा उत्पादित ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने जानकारी दिएका छ्न । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी असारदेखि नेपालमा उत्पादन भएको ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने कार्य प्रगतिमा रहेको छ ।
‘असारदेखि कात्तिकसम्म उत्पादित बिजुली निर्यात गर्न लागिएको हो,’ मन्त्री पुनले भने। बर्षाको समयमा नेपालमा उत्पादित बिजुली धेरै हुने भएकाले भारतीय बजारको खोजी गरिएको मन्त्री पुनले बताए। नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले बर्षा बेला पूर्ण क्षमतामा बिजुली उत्पादन हुने गर्छ।
मन्त्री पुनले भारतीय पिटिसिएन कम्पनीमार्फत बिजुलीमार्फत निर्यात गर्न लागेको बताए। ‘आगामी असारदेखि २४सै घन्टा चार महिना बिजुली निर्यात गर्नेछौं,’ उनले भने, ‘नेपालमा उत्पादन भएको बिजुली भारतको पञ्जाब क्षेत्रमा निर्यात गरिनेछ।’ भारतीय पक्ष बिजुली खरिद गर्न इच्छुक देखिए पनि मूल्य भने अहिलेसम्म टुंगो नलगाएको उनले बताए ।


