नेपालमा एक–अर्काको खुट्टा तान्ने प्रवृति-प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एकाअर्काको खुट्टा तान्ने प्रवृतिले मुलुकको बिकासमा अवरोध पुगेको बताउनुभएको छ ।
बुधबार बालुवाटारमा सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ गठन भएको सञ्चार उद्यमीहरुको नयाँ संगठन मिडिया अलायन्स नेपालका पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री ओलीले मुलुक बिकासको बाटो तर्फ अघि बढिरहेको तर एक–अर्काको खुट्टा तान्ने प्रवृतिले मुलुकको बिकासमा अवरोध पुगेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले जनतामा ज्ञान छर्ने काम गर्नुपर्ने भन्दै देश बिकासका लागि सञ्चारमाध्यमले सूचना र प्रेरणा दिएमात्र पुग्ने उल्लेख गर्नुभयो ।
मुलुकभित्र एकअर्काबचि दुश्मनी क्रेट गर्न खोजेर कोहि पनि अघि बढ्न नसक्ने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान जारी हुने समयमा जातिय द्वन्द उब्जाएर संविधान जारी गर्न रोक लगाउने प्रयत्न भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकता अनुसार संविधानमा संशोधन गर्न सकिने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले कतिपय सञ्चारमाध्यम चरित्र हत्या गर्ने प्रयत्नमा लागेको बताउनुभयो । …
प्रधानमन्त्री ओलीले बिज्ञापन बोर्डको गठन छिटै हुने भन्दै कार्तिक सात गतेदेखि क्लिन फिड लागू गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।




[…] नेपालमा एक–अर्काको खुट्टा तान्ने प्र… […]