१४ आश्विन २०८३, बुधबार
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ। गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो।
आज १ हजार ६ सय १४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।
गत २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख पुगेको छ। हाल ६ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
Subscribe
Login
0 Comments


