१ श्रावण २०८३, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१

एसीपी संवाददाता

८ आश्विन २०७७, बिहीबार ११:४५ मा प्रकाशित

नेपालमा बिहीबार थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

https://www.youtube.com/watch?v=QwBSF-iPFm4

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५१३ महिला र ९८४ पुरुष गरि थप १४९७ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष गरि ६०९ जना, भक्तपुरमा १२ महिला र ३९ पुरुष गरि ५१ जना र ललितपुरमा ३८ महिला र ५७ पुरुष गरि ९५ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६९३०१ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८,४३७ जना रहेका छन् । बिहीबार ४५७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५०४११ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल क्वारेन्टाइनमा ६५६५ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ९८२३ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८६१४ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ५५ हजार ९२३ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x