२ श्रावण २०८३, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६

एसीपी संवाददाता

२३ आश्विन २०७७, शुक्रबार १४:३० मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार थप २०५९ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार नेपालमा ७३२ महिला र १३२७ पुरुष गरि २०५९ जनामा कोरोना देखिएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४०९ महिला र ७०७ पुरुष गरि १११६ जना, भक्तपुरमा ५७ महिला र ७३ पुरुष गरि १३० जना र ललितपुरमा ६१ महिला र १०२ पुरुष गरि १६३ जनामा कोरोना देखिएको हो ।

नेपालमा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ भने हालसम्म कारोनाका कारण ६०० पुगेको छ । त्यस्तै शुक्रबार १६८० जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमिणबाट निको हुनेको संख्या ७३ हजार २३ रहेका छन् ।

नेपालमा शुक्रबार सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै होम आइशोलेशनमा १५ हजार ८७७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार १७६ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ४५ हजार २३७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x