२ श्रावण २०८३, शनिबार

नेपालमा सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२६ आश्विन २०७७, सोमबार १६:१५ मा प्रकाशित

नेपालमा सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५६५ महिला र २४८२ पुरुष गरि थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो ।

रचनात्मक कार्यक्रमसहित प्रदर्शन

त्यस्तै काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७५५ महिला र ११३३ पुरुष गरि १८८८ जना, भक्तपुरमा ५४ महिला र ६४ पुरुष गरि ११८ जना र ललितपुरमा १२६ महिला र १५१ पुरुष गरि २७७ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । त्यस्तै सोमबार थप १४७३ जना डिष्चार्ज भएका छन् ।

यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै होम आइशोलेशनमा १९ हजार ९५७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १३ हजार ९२३ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ८ हजार ८३१ जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ९१ हजार ५१४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x