१ श्रावण २०८३, शुक्रबार

नेपाली काँग्रेसका नेताहरुको कोरोना परिक्षण

एसीपी संवाददाता

१५ आश्विन २०७७, बिहीबार १३:२२ मा प्रकाशित


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति अघि नेताहरुको कोरोना परिक्षण गरेको छ । पार्टी कार्यालय सानेपामा कांग्रेसले केन्द्रीय सदस्यहरुको कोरोना परिक्षण गरेको हो । कोरोना परिक्षणका लागि स्वाव दिन कांग्रेसका नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसअघि सवै नेताहरुको कोरोना परिक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिनुभयो । केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने उहाले बताउनुभयो । सिटौलाले यस पटक बैठकमा खुलेर छलफल हुने र कार्यबिधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने उल्लेख गर्नुभयो ।

केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ । त्यस्तैनेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x