१२ मंसिर २०८३, शुक्रबार
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन
श्याम कुमार शाहु । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको निधन भएको हो। शनिबार बिहान जोशिको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट शव यात्रासहित यट्खास्थित निवासमा श्रद्धाञ्जलीको निम्ति राखिएको थियो । निवासमा जोशीलाई आफन्तजन, शुभचिन्तक, नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै जोशीप्रति
कांग्रेस केन्द्रीय कार्यालय,सानेपा पु¥याएर श्रद्धाञ्जली दिइएको छ ।
मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको हो। जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो। जोशीको उपचारमा अस्पतालका डाक्टर राजिब झा नेतृत्वको टोली सक्रिय थियो । जोशीका श्रीमती र एक छोरी हुनुहुन्छ ।
Subscribe
Login
0 Comments


