नेपाली सेनाको ब्यारेकमा ६३ सैनिकमा कोरोना संक्रमण

कैलालीको लम्कीचुहा नगरपालिकाको गोरेङगेमा रहेको नेपाली सेनाको ब्यारेकमा कार्यरत ६३ जना सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा ६३ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार ६३ जना सेना वाहेक धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुटि भएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीनजनामा पनि संक्रमण पुष्टि भएको छ। यसअघि लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो। तीमध्ये ६३ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा सोमबार भएको परिक्षणमा ६३ नेपाली सेना सहित ७४ जनामा संक्रमण पुष्टि भएको हो।
उहाँका अनुसार ६३ जना सेना वाहेक धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुटि भएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीनजनामा पनि संक्रमण पुष्टि भएको छ।



