१ भाद्र २०८३, सोमबार
नेपाल एक खेल पहिलेनै फाईनलमा
काठमाडौं, बैशाख ८ । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा एक खेल अगाडी नै फाइनलमा पुगेको छ ।
नेपालले उपाधिका लागि नेदरल्याण्ड्ससँग नै खेल्नेछ ।
मलेसिया र नेदरल्याण्ड्सको खेल बराबरीमा सकिएपछि दुबैले एक एक अंक बाँडेका छन् ।
जसका कारण नेदरल्याण्ड्सले फाइनलमा स्थान बनायो भने नेपालले लिगको अन्तिम खेल खेल्न अगाडी नै फाइनलमा प्रवेश गरेको हो ।
वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाको आजको खेलमा डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।
तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकिएको थियो ।
त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो । ९२ रनको लक्ष्यमा मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल ’टाइ’ भएको थियो ।
Subscribe
Login
0 Comments


