२९ श्रावण २०८३, शुक्रबार

नेपाल बंग्लादेशसंग शुन्यको बिरुद्ध २ गोलले पराजित

एसीपी संवाददाता

२९ कार्तिक २०७७, शनिबार ०५:०८ मा प्रकाशित

दुई मैत्रीपुर्ण फुटबल खेल्न बंग्लादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा पराजय बेहोरेको छ ।
शुक्रबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल बंग्लादेशसंग शुन्यको बिरुद्ध २ गोलले पराजित भएको छ ।

बंगलादेशले खेलको दुवै हाफमा एक÷एक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवन र ले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८०औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले एकल प्रयासमा गोलकिपर किरण चेम्जोङलाई समेत छलाउँदै गोल गरे । मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्नेछ ।

सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपछि नेपाल र बंगलादेश एक आपसमा भिडेका हुन् । त्यो बेला नेपालले बंगलादेशलाई २–० ले पराजित गरेको थियो । त्यतिबेला पनि नेपालको प्रशिक्षक रहेका बालगोपाल महर्जन यसपटक अन्तरिम मुख्य प्रशिक्षकका रुपमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x