२४ आश्विन २०८३, शनिबार

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकको “ग्रीन सिग्नल”

एसीपी संवाददाता

२१ पुष २०७७, मंगलवार ०८:०० मा प्रकाशित

नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण तय भएको छ । भारतले भ्रमणका लागि ‘ग्रिन सिग्नल’ दिएपछि बैठकको मिति टुंगो लागेको हो ।ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत आउन लागेका हुन् ।

स्रोतका अनुसार सोही दिन साँझ आयोगको बैठक बस्ने छ । र, भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम रहेको छ । बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ ।
यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर, नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन । यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण पनि भ्रमणलाई लिएर केही अन्योल बढेको थियो ।

तर, राजनीतिक घटनाक्रमका कारण द्विपक्षीय छलफल र संवाद प्रभाविगत हुन नहुने निष्कर्षमा दुई पक्ष पुगेपछि भ्रमणको मिति टुंगोमा पुऱ्याउन भारत सहमत भएको स्रोतको दाबी छ । आयोगको पाँचौं बैठक गत वर्ष भदौमा काठमाडौंमा बसेको थियो । उक्त बैठकमा भारतका तर्फबाट विदेश मन्त्री एस जयंशकर सहभागी भएका थिए ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बैठकको अन्तिम तयारी चलिरहेको र बैठकमा नेपाल–भारतबीचका बृहत् विषयहरुमा छलफल हुने बताए । साथै बैठकले जुनसुकै परिस्थितिमा पनि दुई देशबीचको संवाद र छलफल निरन्तर अघि बढ्छ आधार प्रस्तुत गर्ने पनि राजदूत आचार्यको भनाइ छ । ‘बैठकले दुई देशबीचको सम्बन्ध निरन्तर अगाडि बढ्छ भन्ने आधार प्रस्तुत गर्नेछ,’ राजदूत आचार्यले भने । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x