३ असार २०८३, बुधबार

नेपाल–भारत मैत्री संगठन काठमाडौं जिल्ला समितिको बैठक सम्पन्न

एसीपी संवाददाता

२ असार २०८२, सोमबार ०४:५६ मा प्रकाशित

काठमाडौं – धार्मिक, सांस्कृतिक आर्थिक र कूटनीतिक सम्बन्ध सुदृढ गर्दै तिर्थयात्रा र सामाजिक अभियानतर्फ सक्रिय हुने
नेपाल–भारतबीचको सनातन, आत्मीय र बहुआयामिक सम्बन्धलाई अझ समृद्ध बनाउने उद्देश्यले गठित नेपाल भारत मैत्री संगठन काठमाडौं जिल्ला समितिको आयोजनामा २०८२ जेठ ३१ गते क्षेत्रपाटी पार्टी प्यालेसमा एक गरिमामय बैठक सम्पन्न भयो। 
नेपाल भारत मैत्री संगठन अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अनुप सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ,विशेष अतिथिका रूपमा अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा प्रदेश मन्त्री अर्चना सिंह, उपाध्यक्ष निर्मल दुगड (विराटनगर), महासचिव सम थापा (टिकापुर), सदस्य भूपेन्द्र शाही (दैलेख), अन्तर्राष्ट्रिय उपाध्यक्षमा काठमाडौ जिल्ला पुर्व मेयर राजाराम श्रेष्ठ लगायत काठमाडौ जिल्ला पदाधिकारीहरूको उपस्थितिमा आयोजित बैठकमा विगतमा सम्पन्न वृन्दावन धार्मिक यात्रा, महाकुम्भमा, यात्रा,जिल्लामा संपन्न कार्यक्रम लगायतका कार्यक्रमहरूको समीक्षा गरियो। साथै, नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ दृढ, आत्मीय र व्यवहारिक बनाउने विषयमा विचार–विमर्श गरियो।
बैठकमा आगामी दिनहरुमा
धार्मिक तिर्थयात्राहरू नियमित रुपमा सञ्चालन गरिने नेपाल–भारतबीच लगानी मैत्री कार्यक्रमहरू अगाडि बढाइने संगठनको सञ्जाल देशभर विस्तार गरिने
चैत्र महिनामा मुक्तिनाथ यात्रा सम्पन्न गरिने
निर्णय गरियो।
अन्तर्राष्ट्रिय अध्यक्ष अनुप सिंहले मनोनीत ब्याक्तित्वहरूलाई खादा ओढाएर संम्मान गर्नुएको थियो। यसै अवसरमा काठमाडौका पुर्व मेयर राजाराम श्रेष्ठलाई अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षमा मनोनयन गरेको थियो।
आगामी वर्षदेखि
साहित्यिक योगदान पुरस्कार
सांस्कृतिक पहिचान प्रवर्द्धन पुरस्कार
चेलीबेटी सशक्तिकरण र सामाजिक न्याय पुरस्कार
कूटनीतिक सम्वन्ध विस्तारमा विशिष्ट योगदान पुरस्कार
उद्योग–व्यवसायमा प्रेरणादायी नवप्रवर्तनकर्ताको सम्मान पत्रकारिता क्षेत्रको सशक्त योगदान कदर
पुरस्कार स्थापना गरिने निर्णय भएको अन्तर्राष्ट्रिय महासचिवले उल्लेख गर्नुभयो
कार्यक्रममा विशेष अतिथि अर्चना सिंहले “रोटी–बेटीको अमूल्य सम्बन्ध” लाई स्मरण गर्दै नेपाल–भारत सम्बन्ध केवल भूगोलिक सीमामा सीमित नभई आत्मीयता, विश्वास र साझा संस्कृतिको जीवन्त स्वरूप भएको उल्लेख गर्नुभयो।
बैठकमा सीमावर्ती क्षेत्रमा संयुक्त सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, काठमाडौंमा नेपाल–भारत संयुक्त तीज महोत्सव आयोजना गर्ने, उत्तर भारतको सीमासँग जोडिएको गुरु गोरखनाथको नेतृत्वमा योगी आदित्यनाथमार्फत स्वास्थ्य शिविर र औषधि सहयोग अभियान सञ्चालन गर्ने, र मुस्ताङ क्षेत्रमा धर्मशाला निर्माण थालनी गरिने निर्णयहरू पनि सार्वजनिक गरिएको थियो।

नेपाल–भारतबीचको सनातन, आत्मीय र बहुआयामिक सम्बन्धलाई थप सशक्त र समृद्ध बनाउने उद्देश्यले २०८२ जेठ ३१ गते क्षेत्रपाटी पार्टी प्यालेसमा सम्पन्न नेपाल–भारत मैत्री संगठन काठमाडौं जिल्ला समितिको विशेष बैठकलाई सफल, ऐतिहासिक र गरिमामय बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएका कार्यक्रमका आकर्षक प्रमुख अतिथि अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप सिंहज्यू, विशेष अतिथि प्रदेश मन्त्री माननीया अर्चना सिंहज्यू, उपाध्यक्ष  निर्मल दुगड महासचिव सम थापा , सदस्य  भूपेन्द्र शाही , अन्तर्राष्ट्रिय उपाध्यक्षमा मनोनीत हुनुभएका काठमाडौंका पूर्व मेयर माननीय राजाराम श्रेष्ठ साथै, कार्यक्रममा गरिमामय उपस्थिति जनाउनु हुने संपूर्ण पदाधिकारीज्यूहरू, आमन्त्रित विशिष्टज्यूहरू, सदस्य तथा शुभेच्छुक महानुभावहरूप्रति आभार, सम्मान तथा धन्यवाद व्यक्त गर्दै सबैलाई अन्तर्राष्ट्रिय अध्यक्ष सिंहले धन्यवाद दिनु भयो ।
मनोनित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, नेपाल–भारत मैत्री संगठन काठमाडौं जिल्ला समितिका वरिष्ठ उपाध्यक्षको हैसियतले संगठनको उद्देश्य र कार्यसूचीलाई सार्थक रूपमा अगाडि बढाउन पूर्ण सहयोग र समर्पणको प्रतिबद्धता प्रकट गर्दछु भन्दै
जय नेपाल–भारत मैत्री संगठन
दिलमाया तामाङ
उपाध्यक्ष
नेपाल–भारत मैत्री संगठन काठमाडौंले जनाउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x