नेपाल–भारत विकास सहयोग’ अन्तर्गत रु ८ करोड ८२ लाखको निर्माण कार्य सम्पन्न
काठमाडौं – ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको रु ८ करोड ८२ लाखको आर्थिक सहयोगमा निर्माण भएको महेशफाट सिँचाइ आयोजना, गल्छी गाउँपालिका, धादिङका अध्यक्ष केदारनाथ खतिवडा र श्री कुमार प्रशान्तले आज उद्घाटन गरेका छन् । सोना, दोस्रो सचिव, भारतीय राजदूतावास, काठमाडौं। कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी तथा स्थानीय समुदायका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 
यो अनुदान भारत सरकार र नेपाल सरकार बीचको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा लिइएको महेशफाट सिँचाइ आयोजनाको कार्यान्वयनको लागि उपयोग गरिएको थियो। यो आयोजना धादिङको गल्छी गाउँपालिका मार्फत कार्यान्वयनमा आएको हो । यस सिँचाइ आयोजनाले स्थानीय कृषकहरूलाई बाली उत्पादनमा बृद्धि गर्न र उनीहरूको जीविकोपार्जन र आर्थिक स्थितिमा सुधार ल्याउन मद्दत गर्नेछ। 
2003 देखि, भारतले नेपालमा विभिन्न क्षेत्रहरूमा 550 भन्दा बढी एचआईसीडीपीहरू लिएको छ र 488 परियोजनाहरू पूरा गरेको छ। जसमध्ये वाग्मती प्रदेशमा विभिन्न क्षेत्रमा १०६ आयोजना छन्, जसमा धादिङका ५ वटा आयोजना छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ एम्बुलेन्स र २३४ वटा स्कूल बस उपहार दिएको छ । ती मध्ये बागमती प्रदेशमा २३२ एम्बुलेन्स र ९० स्कुल बस उपहार दिइएको छ जसमा धादिङ जिल्लामा १५ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपलब्ध छ । 
घनिष्ठ छिमेकीको रूपमा, भारत र नेपालले व्यापक र बहु-क्षेत्रीय सहयोग साझा गर्छन्। HICDPs को कार्यान्वयनले नेपालमा सिँचाइ र खानेपानी व्यवस्थापन क्षेत्र लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्दै आफ्ना जनताको जीवनस्तर उकास्न नेपाल सरकारको प्रयासलाई बलियो बनाउन भारत सरकारको निरन्तर सहयोग गर्दा आएको नेपाली जनताले बुझी रहेका छ्न ।


