९ मंसिर २०८३, मंगलवार

नेपाल-भारत संयुक्त आयोगको बैठकको एजेण्डाका विषयमा छलफल

एसीपी संवाददाता

१७ पुष २०८०, मंगलवार १७:२९ मा प्रकाशित

छलफलमा भारतसँग नेपालको सम्बन्ध महत्वपूर्ण भएको जोड दिँदै मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउुपर्ने सुझाव आएको परराष्ट्र मन्त्री सचिवालयले जानकारी दिएको छ।

बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो।

छलफलमा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता थियो।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली पुस १९ गते नेपाल भ्रमणमा आउँदैछ। टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुनेछन्। अन्नपूर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x