२ श्रावण २०८३, शनिबार

नेपाल भारत सिमानाका खोल्न भनी भोलिबाट आन्दोलन

एसीपी संवाददाता

१ मंसिर २०७७, सोमबार १५:५६ मा प्रकाशित

नेपाल–भारत सिमा नाका खोल्नका लागि भोलीदेखि सर्लाहीमा आन्दोलन गरिने भएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमानाका कारण दुवै देशका सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।

आज जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षिय बैठकले भोली मंगलवारदेखि आन्दोलन गरिने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षिय बैठकले मलंगवा गोरखकाली सोनवरसा (भारत तर्फ) जाने बाटोमा मंसिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धरनामा बस्ने निर्णय गरेको छ ।   धरना पश्चात पनि सीमा नाकाहरु खुल्ला गरिएन भने आन्दोलनका थप कडा कार्यक्रम संचालन गरिने प्रमुख चौधरीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वपक्षिय बैठकमा प्रदेश सभा सदस्य अशोक यादव, गौरी नारायण साह, उपेन्द्र कुशवाहा, मलंगवा नगरप्रमुख निरसल साह, कविलासी नगरप्रमुख कौशल यादव, हरिपुर्वा नगरप्रमुख सियाराम राय, चन्द्रनगर गाउँपालिका प्रमुख महेन्द्र महतो, पर्सा गाउँपालिका प्रमुख किसुनदेव राय, ब्रहम्पुरी गाउँपालिका प्रमुख विनोद कुमार साह, चक्रघटा गाउँपालिका प्रमुख विक्रम यादव, राजनीतिक दलका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो । सिमानाका मंसिर १ गतेदेखि खुल्ने आसमा रहेका जनता कात्तिक ३० गते नेपाल सरकारले थप एक महिना सम्म सिमा नाका बन्द गर्ने निर्णय गरेपछि जनता आक्रोसित बनेका छन् ।सर्लाही टुडे बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x