नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त
विरगंज । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त गर्नुभएको छ। भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको समारोहमा प्रमुख भण्डारीले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक, र व्यापारिक सम्बन्ध रहेको बताउनुभएको हो।
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त गर्नुभएको छ। भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको समारोहमा प्रमुख भण्डारीले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक, र व्यापारिक सम्बन्ध रहेको बताउनुभएको हो।
समारोहमा भारतीय महावाणिज्यदूत डीएस मिनाले नेपालमा विकास निर्माणलगायत विभिन्न क्षेत्रमा भारतीय सरकारको सहयोग निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वमुख्यमन्त्री लालबाबु राउत, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, ऊर्जा तथा खानेपानीमन्त्री शेषनारायण यादव, सांसद्हरू, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साहलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।



