नेपाल र रावलमाथि कारवाहीको डण्डा:
काठमाडौं । माधव नेपाल पक्षले केन्द्रीय समिति बैठक राखेको दिन पार्टी संसदीय दलको बैठक राख्दै प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले आफ्नो पूर्ववत निर्णयवाट पछि नफर्कने अडान दोहोराएका छन् । सर्वोच्च अदालतले एमाले ब्युँत्याइ दिएपछि पहिलो पटक बरिष्ठ नेता माधब नेपालपक्षका सांसदहरुको समेतको सहभागीता रहेको बैठकमा ओलीले मुख्यत चार सन्देश दिएका छन् ।
नेपाल र रावलमाथि कारवाहीको डण्डा: पार्टी संसदीय दलको शुक्रबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल छोटो समयका लागि उपस्थित भए । बैठकको शुरुमै खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गरे । यो बीचमा गरेका निर्णय फिर्ता लिन आग्रह गर्दै त्यसैले पार्टीलाइ पुनर्जिवन दिने र पार्टी एकता बलियो हुने धारणा राखे । उनको धारणमा साथदिदै घनश्याम भूसाल, नेता योगेश भट्टराई ,गोकर्ण विष्ट लगायतका नेताहरुले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउदा सवै समस्या समाधान हुने जोड दिए । फागुन २८ को निर्णयबाट फिर्ता लिन आग्रह गरे । तर ओली कतिपनि टसमस भएनन् ।
पूर्ववत निर्णयबाट पछि फर्कन नसक्ने अडान दोहोराए । उल्टै पार्टी बरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी उपाध्याक्ष भिम रावलले पठाएको स्पष्टीकरण पत्रको जवाफ कारवाही गर्न योग्य रहेको भन्दै नेपाल र रावलमाथि कारवाहीको डण्डा चलाउने स्पष्ट संकेत गरे । यसबाट प्रधानमन्त्री ओली नेपाल पक्षको माग संवोधन गर्न कुनै समझौता गर्ने मनस्थितिमा छैनन् भन्ने स्पष्ट भएको छ । उनि अझै पनि नेपाल-खनाल पक्षलाई बाहिर राखेरै अघि बढने नेता नेपाल र रावलमाथि कारवाहीको दण्डा चलाएर पार्टी कब्जा गर्ने रणनीतिमा रहेको सन्देश शुक्रबारको संसदीय बैठक बाट दिएका छन् ।
सरकारको निरन्तरता आश, जसपाको साथ: संसद पुनःस्थपना पछि धेरैलाई लागेको थियो । अब ओली नेतृत्वको सरकार विदाइ निश्चित छ । नयाँ सरकार गठन हुने वा संसदमा अविश्वासको प्रस्ताव जाने छ । तर अदालतबाट संसद पुन स्थपना भएको एक महिना वितिसक्दा अवस्था अनुमान गरेभन्दा निकै फरक छ । कुने वेला ओलीलाइ परम शत्रु देख्ने मधेशबादी दल अहिले उनकै सत्तासारथी र सरकारो टेको बन्न खुट्टा उचाल्ने अवस्था ओलीले नै सृजना गराइसकेका छन् ।
ओलीको कटर विरोध गर्ने मधेशी नेताहरु नै ओली सरकारले आफ्ना माग संवोधन गर्ने भन्दै पार्टी विभाजन गरेर भएपनि ओलीलाई साथ दिनुपर्ने मनस्थितिमा पुगेका छन् । बालुवाटारमा दिनहुँजसो हुने बैठकहरुले पनि मधेशबादी दल र ओलीसँग सहकार्य गर्न तयार रहेको संकेत गरेको छ । यही परिस्थितिका बीच शुक्रबारको बैठकमा ओलीले सरकारले आगामी बजेट ल्याउने भन्दै बजेट निर्माणका लागि अर्थमन्त्री विष्णु पौडेललाई संसदहरुको सुझाब माग्न मात्र लगाएनन् ।
बजेट अधिवेशनमा सक्रिय सहभागिताका जनाउन समेत आग्रह गरे । यसबाट ओलीले के सन्देश दिएका छन् भने उनको सत्ता चाडै ढल्नेवाला र गल्ने वाला छैन । मधेशकेन्द्रीत दलहरुसँग उनि सहमती नजिक पुगेका छन् । एक प्रकारको सहमति वनीसकेको छ । सरकार झन -झन बलियो र सुरक्षित रहेको सन्देश उनले सांसदहरुलाई दिएका छन् ।

चालु अधिवेशन छिटै अन्त्य गरिने: प्रधानमन्त्री केपी शर्मा ओलीले चालु अधिवेशन छिटै अन्त्य गर्ने सकेत पनि शुक्रबारको बैठकमा गरेका छन् । संसदको चालु अधिवेश अब धेरै लामो जान नसक्ने र अधिवेशन उत्तरार्धमा रहेको भन्दै संसदीय दलमा ओलीले बजेट अधिवेशनसँग सम्वन्धित विषयमा छलफल चलाउनुले अब केही दिन भित्र संसद अधिवेशन अन्त्तय हुने संकेत मिलेको छ । प्रतिपक्षी दलहरुले सदनमा विजेनेश नभएको गन गन गरिरहँदा ओलीले अबको १ साता भित्र नै संसदको पाँचौ संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरे कुनै नौलो नमान्दा हुन्छ । आफ्ना संसदहरुलाई बजेट अधिवेशनमा जुटन गरेको आग्रहले प्रतिनिधि सभाको चालु अधिवेशन चाडै अन्त्य गरिदै छ भन्ने विषय प्रष्ट पारेको छ ।
संसदीय समितिमा सभापति हेरफेरः शुक्रबारको संसदीय दलको बैठकको शुरुमै प्रधानमन्त्री ओलीले संसदीय समितिका समितिहरुको सभापति हेरफेर हुन सक्ने बताए । अदालतले पूर्व एमाले र माओवादी केन्द्रलाई आफ्नै अवस्थामा पुर्याइदिएपछि अव संसदीय समितिको नेतृत्वमा पनि परिवर्तन हुने भन्दै कतै आफुले लिनुपर्ने कतै छोडनु पर्ने अवस्था रहेको बताए ।
त्यसको अध्यान रिपोटिङ्गका लागि समेत संसदहरुलाइ आग्रह प्रधानमन्त्रीले गरे । “माओवादी केन्द्रसँग सगैंजान सक्ने अवस्था छैन । संसदीय समितिमा पनि नेतृत्व फेरवदल हुन सक्छ। तपाईहरु पनि त्यसरी तयारी गर्नुहोस । कहाँ छोडनु पर्ला, कहाँ लिनुपर्ला त्यसको गृहकार्यमा लाग्नुहोस । ओलीलको भनाई उदृत गर्दै बैठकम सहभागि सांसदले भने । यसबाट ओली संसदीय समितिमा समेत नेतृत्व हेरफेर गर्ने सोचमा रहेको र त्यसको अंकगणित मिलानको गृहकार्य जनता समाजबादी दलसँग भएको सकेत गरेका छन् ।नेपाल बहस


