२४ आश्विन २०८३, शनिबार

नेपाल समूहद्वारा संसदीय दलको नेतामा प्रचण्डलाई चयन

एसीपी संवाददाता

८ पुष २०७७, बुधबार ११:४३ मा प्रकाशित

नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन छ । पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।

यो पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो । ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई दलको नेता बनाउने प्रस्ताव पेस गर्दै नेपालले ओलीले पार्टीको हित विपरित काम गरेको तर उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए । नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x