४ श्रावण २०८३, सोमबार
नेबिसंघद्वारा माईतीघरमा बिरोध प्रदर्शन
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । तनहुँको व्यास नगरपालिका एक पुलको उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो ।
कांग्रेसले उनको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगाना लगायतले सम्बोधन गरेका थिए ।
गिरफ्तारीको विरोधमा दमौली, बाग्लुड र पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ । ईकान्तिपुर बाट
Subscribe
Login
0 Comments


