१ श्रावण २०८३, शुक्रबार

नेेपाल भूमि कब्जा गरेको चीनको धम्की: अब भूमि हाम्रो हो, चुप नलागे दाना पानी बन्द

एसीपी संवाददाता

१९ आश्विन २०७७, सोमबार १४:१८ मा प्रकाशित


काठमाडौं । हुम्लास्थित नेपाल चीन सीमा विवाद नयाँ मोडमा पुगेको छ ।

चीनले नेपालीको भोगचलनमा रहेको भूमिलाई कब्जा नै गर्ने नियतसाथ एकतर्फी भवन बनाएको उसको व्यवहारले खुलेको हो । भूमि हडप्न केन्द्र सरकार र सत्तारुढ नेकपालाई मिलाइसकेको चीनले स्थानीयबाट सत्य तथ्य बाहिर आउन थालेपछि उनीहरुलाई धम्क्याएर दबाब र प्रभावमा राख्न खोजेको खुलासा भएको छ।

कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत अध्ययनमा आएको जनप्रतिनिधिको टोलीसँग लिमीवासीले चिनियाँले धम्की दिएको गुनासो गरेका हुन् । चिनियाँको डरले लिमीवासी खुलेर बोल्न पनि सकेका छैनन् । हुम्लाकी सांसद रंगमती शाहीले स्थलगत अवलोकनका क्रममा टोलीले स्थानीय लिमीवासी चीनको दबाबमा रहेको पत्ता लागेको बताइन् । लिमीमा राज्यको पहुँच छैन ।

अर्कै राज्यजस्तो अवस्था छ । लिमीका बासिन्दा चीनमा निर्भर भएर बाँचिरहेका छन् । चीनले खाद्यान्नदेखि लत्ताकपडा, अनुदान र अन्य सहयोग दिने गरेको छ । अहिले लिमीवासीले चीनले एकतर्फी रुपमा भवन बनाएको ललुङजङको भूमिको यथार्थ बोल्न थालेपछि चीनले सबै सहयोग रोक्ने धम्की दिएको सांसद शाहीले बताइन्।

‘यो हाम्रो भूमि हो, तिमीहरु बोल्यौ भने अनुदानदेखि सबै सहयोग रोक्छौं भनेर चीनले भनेको छ। लिमीवासीलाई खुला रुपमा बोल्न अफ्ठ्यारो छ,’ उनले भनिन्। सांसद शाहीले चीनलाई जमिन सुम्पिन सरकारकै मिलेमतो देखिएको पनि बताइन् । लिमी गाउँ नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्छ ।नेपालपाना बाट साभार

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x