२ श्रावण २०८३, शनिबार

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२६ कार्तिक २०७७, बुधबार १०:५० मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्। आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x