७ आश्विन २०८३, बुधबार

पटक – पटक किन चिनियाँ राजदूतको बोली फेरिदै ?

एसीपी संवाददाता

१८ बैशाख २०८१, मंगलवार १४:५८ मा प्रकाशित

नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताएका थिए।

कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताए।

‘यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको हो। अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा। यो बिआरआई परियोजनाअन्तर्गतको हो,’ उनले भने।

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिईबीचको सम्झौतापछि १८ साउन ०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो। सिएएमसिईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ।

तस्बिर : चिनियाँ राजदूत छन सोङकाे वालबाट / नया पत्रीका मा प्रकाशित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x