२ श्रावण २०८३, शनिबार

पश्चिम नवलपरासीमा एक लाख दश हजार ५ सय मूल्य बराबरको अवैध मालसामान बरामद

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार १७:०६ मा प्रकाशित

उर्मिला यादव – मंसिर ७ । प्रहरीले पश्चिम नवलपरासीको भारतिय सिमावर्ती एरियाबाट एक लाख दश हजार पाँच सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । आइतबार भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको लेडिज सल, लेडिज सुटको थान कपडा, कांसको दियो, साडी, स्विटर, प्लाजा, लेडिज सुट, लेडिज कुर्ता लगायतका अबैध मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको हो । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका मालसामान आइतबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x