९ मंसिर २०८३, मंगलवार
पाकिस्तानमा दुई ठूला आतंकवादी हमला, प्रहरी मुख्यालयमा पनि आत्मघाती बिस्फोट
पाकिस्तानमा पहिलो हमला पख्तुनख्वाको टुंक जिल्लामा भएको थियो, जहाँ आतंकवादीहरूले प्रहरी मुख्यालय र चेक पोस्टलाई निशाना बनाएका थिए। यस हमलामा तीन प्रहरीको मृत्यु भएको थियो भने चार आतंककारी पनि मारिएका थिए। पाकिस्तानमा एकपछि अर्को आतंकवादी हमला भइरहेका छन् । पाकिस्तानको पख्तुनख्वामा शुक्रबार दुईवटा आतंकवादी आक्रमणमा परी पाँच प्रहरीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
पहिलो हमला पख्तुनख्वाको टुंक जिल्लामा भएको थियो, जहाँ आतंकवादीहरूले प्रहरी मुख्यालय र चेक पोस्टलाई निशाना बनाएका थिए। यस हमलामा तीन प्रहरीको मृत्यु भएको थियो भने चार आतंककारी पनि मारिएका थिए।
प्रहरी मुख्यालयको मुख्य प्रवेशद्वारमा एक आतंककारीले आफूलाई विस्फोट गराएपछि अन्य आतंककारीहरू भित्र पसे । नयाँ आतंकवादी समूह अन्सारुल जिहादले यस हमलाको जिम्मेवारी लिएको छ।
Subscribe
Login
0 Comments


