९ मंसिर २०८३, मंगलवार
पाकिस्तानमा भएको बम बिस्फोटको जिम्मा आईएसआईएसले लियो
एजेन्सी – पाकिस्तानमा आइतबार भएको बम विष्फोटको जिम्मेवारी ISIS अर्थात इस्लामिक स्टेटले लिएको छ । यस आत्मघाती हमलामा २३ बालबालिकासहित करिब ५४ जनाको मृत्यु भएको थियो । त्यहाँ चार सयभन्दा बढी घाइते भएका छन् । खैबर पख्तुनख्वा राज्यको बाजौरमा जमियत उलेमा इस्लाम (JUI-F) को र्यालीमा हमला भएको थियो। र्यालीमा करिब चार सय जनाको उपस्थिति रहेको थियो ।
खोरासान प्रान्तमा रहेको इस्लामिक स्टेटले आफ्नो अमाक वेबसाइटमा पोस्ट गरेको विज्ञप्तिमा आक्रमणको जिम्मेवारी लिएको छ। आक्रमणकारीले विस्फोटक ज्याकेट लगाएको पोस्टमा लेखिएको थियो । इस्लामिक स्टेटको स्थानीय इकाईले यसअघि JUI-F नेताहरूलाई पृथकतावादी ठानेकोले निशाना बनाएको थियो।
Subscribe
Login
0 Comments


