३ श्रावण २०८३, आईतवार

पाकिस्तानमा हिन्दू मन्दिर तोडफोड,अत्याचार एवं दमनको कडा विरोध

एसीपी संवाददाता

१२ मंसिर २०७७, शुक्रबार १८:४० मा प्रकाशित

हिन्दूहरुमाथि पाकिस्तानी सरकारको रवैयालाई लिएर नेपालमा विरोध भएको छ।

न्याय, स्वतन्त्रता र प्रजातन्त्रमा विश्वास गर्ने नेपाल रिपब्लिक पार्टी ईस्लामिकले पाकिस्तान सरकारले हालै हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दूहरु माथि गरेको अत्याचार एवं दमनको कडा प्रतिवाद गरेको हो। काठमाडौंस्थित पाकिस्तान राजदूतावासलाई घेराउ गरेर विरोध पत्र बझाउँदै रिपब्लिक पार्टीले पाकिस्तान सरकारले सैकडौं हिन्दू मन्दिरहरु तोडफोड गरिसकेको, हिन्दूहरु माथि दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै तीव्र अत्याचार एवं दमन गरेको र हिन्दूहरुलाई ज्यानको धम्की दिएर धर्म परिवर्तन गराउने गरेको प्रति तीव्र विरोध गरेको हो।

‘हिन्दूहरु जस्तै बौद्ध, सिख र ईसाई समुदायप्रति पनि दोस्रो दर्जाको व्यवहार गर्नुका साथै अत्याचार, दमन र धर्म परिवर्तनका प्रयासहरु पाकिस्तानले गर्दै आएका घटनाहरुप्रति यो पार्टी जानकार छ। यस्ता घोर मानवता विरोधी, प्रजातन्त्र विरोधी एवं बर्बरतापूर्ण कार्य तत्काल बन्द गरी हिन्दू लगायत सबै धर्मावलम्बीहरुसँग माफी माग्न र उनीहरुका धार्मिक स्थलहरुको मर्मत–सम्भार र पुर्निर्माण गरी सबैलाई आ–आफ्नो धर्म-आस्था निर्वाध रुपले अपनाउन सक्ने वातावरण तयार पार्न नेपाल रिपब्लिक पार्टी पाकिस्तान ईस्लामिक सरकारलाई सचेत गराउन चाहन्छ,’ अध्यक्ष सिद्धार्थ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ। रिपब्लिक पार्टीले फ्रान्सले इस्लामिक आतंकवादविरुद्ध लिएको एक्सनको समर्थन गरेको छ। विश्वबाटै इस्लामिक आतंकवादलाई निमिट्यान्न पार्नुपर्ने पार्टीको माग छ।

‘उइगुर मुस्लिमको नरसंहार भइरहेको अवस्थामा एक शब्द नबोल्ने पाकिस्तानी सेना समर्थित पाखण्डी इमरान खान हिन्दु, बौद्ध, शिख, इसाई, अहमदिया मुस्लिम माथिको अक्षम्य अपराध को जति भ्रर्त्सना गरेपनि कमै हुनेछ। इस्लामिक आतंकवाद विरुद्धको विश्व लडाइँमा फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रोंको पहलकदमी धर्मनिरपेक्ष, मानवअधिकार, विश्वबन्धुत्व, प्रजातन्त्र, अभिव्यक्तिको स्वतन्त्रता र विश्व मानव सभ्यताको पक्षमा निर्णायक कदम हो । प्रजातन्त्र र मानव अधिकारप्रेमी समग्र विश्वले यस कदमप्रति ऐक्यबद्धता जनाउनुपर्दछ र ईस्लामिक आतंकवादलाई विश्वबाट निर्मूल पार्नुपर्दछ । ईस्लामिक आतंकवाद विरुद्ध समग्र विश्व एक हुनेछ भन्ने कुरामा नेपाल रिपब्लिक पार्टी विश्वस्त छ । फ्रान्सको कदमलाई समर्थन गर्दै अष्ट्रियाले ईस्लामिक आतंकवाद विरोधी कानून बनाउन लागेकोमा हाम्रो पार्टी त्यसको स्वागत गर्दछ र अन्य मुलुकहरुमा पनि यस प्रकारको कानून बन्ने विश्वास व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

‘ईस्लामिक आतंकवादको समर्थक पाकिस्तानले हिन्दु–बौद्ध सम्पदामाथि सुनियोजित आक्रमण गरिरहेको छ । यसै क्रममा पाकिस्तान नियन्त्रित काश्मीरको गिलगित–बल्तिस्तान क्षेत्रमा सात हजार वर्ष अघिका पाँच हजार भन्दा बढी पुरातात्विक महत्वका बौद्ध शिलालेख र कलाकृतिका साथै पुरातात्विक वैभवले सम्पन्न एउटा सिंगो गाउँ नै डुबाउने गरी दियामर–भाशा बाँध बनाउन लागेको योजना षडयन्त्रप्रेरित रहेको छ । यो बाँध कम्युनिष्ट चीन सरकारको उक्साहट र सहयोगमा बनाउन लागिएकाले बौद्ध धर्म माथिको आक्रमणमा ईस्लामिक-कम्युनिष्ट सहकार्य भएको सहजै बुझ्न सकिन्छ। विश्व बौद्ध समुदायको आस्था-भावनामाथि घिर्णापूर्ण आक्रमणले इस्लामिक समुदाय पनि सुरक्षित रहन सक्दैन भन्ने कुरोको हेक्का राख्न पनि पाकिस्तानमा र बंगलादेशलाई सचेत गराउन चाहन्छु। यो कार्य तत्काल रोक्न नेपाल रिपब्लिक पार्टी पाकिस्तानका साथै चीनलाई समेत चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ।

विज्ञप्तिको अन्तिममा भनिएको छ, ‘नेपाल रिपब्लिक पार्टी ईस्लामिक आतंकवाद विरुद्ध फ्रान्सले चालेको कदमको दृढ समर्थन गर्दछ र ईस्लामिक आतंकवादलाई विश्वबाट समाप्त पार्न विश्वका सबै प्रजातन्त्रवादी मुलुकलाई फ्रान्सको समर्थन गर्दै हातेमालो गर्न आह्वान गर्दछ। ईस्लामिकआतंकवाद मानव सभ्यता, प्रजातन्त्र र विश्वबन्धुत्वका लागि सबैभन्दा ठूलो खतरा हो। यसलाई निमिटयान्न नपारेसम्म विश्वले शान्ति र सच्चा अर्थमा समृद्धि, खुशियाली प्राप्त गर्न सक्तैन । नेपाल रिपब्लिक पार्टी पाकिस्तान ईस्लामिक सरकारलाई ईस्लामिक आतंकवादको संरक्षण, सहयोग र समर्थनका क्रियाकलाप तत्काल परित्याग गरी ईस्लामिक आतंकवाद विरुद्ध उभिन धम्कीपुर्ण चेतावनी दिन चाहन्छ। अन्यथा उसले प्रजातान्त्रिक विश्वबाट बहिष्कृत हुनुका साथै गम्भीर परिणाम भोग्नु पर्नेछ।’nepalpana

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x