२ श्रावण २०८३, शनिबार

पार्टी फुटाउन ओलीको तयारी तीव्र

एसीपी संवाददाता

२४ कार्तिक २०७७, सोमबार ०७:४२ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र संस्थापन अर्थात अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विभाजनको अन्तिम तयारीमा पुगेका छन् ।

ओली आफै पनि पनि विभाजनका लागि सक्रिय छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पूर्वएमाले व्युताउन खटाएका छन् । पूर्वएमाले व्युताउने अभियान अन्तर्गत मदन भण्डारी फाउण्डेसनलाई अगाडि बढाएका छन् ।

सुभारम्भ ओलीले गरे पनि कमाण्ड ईश्वरले सम्हालेका छन् । यसैक्रममा आइतबार काठमाडौमा पूर्वएमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । भेलामा माधव नेपाल समूह भने अनुपस्थित थियो ।

आयोजकले पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको दावी गरे पनि भेलामा पूर्वएमाले एकत्रित हुनुपर्ने र विभाजनको अवस्था आए तयार रहन भनिएको थियो । पोखरेलले जबजको सिद्धान्तलाई अगाडि बढाउनुपर्ने भनेका थिए । भेलामा पूर्व माओवादी समूहलाई भने बोलाइएको थिएन । केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए ।

मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ । यसबाट ओली प्रचण्ड माधव नेपालसँग झुक्नुभन्दा पार्टी फुटाएर अलग हुनु नै ठीक हुने निष्कर्षमा पुगेका हुन् ।नेपाल पाना बाट ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x