२ श्रावण २०८३, शनिबार

पुजा शर्मा र खड्गीको अभिनयमा गीत डार्लिङ तिमी बांलाः सार्वजनिक

एसीपी संवाददाता

७ कार्तिक २०७७, शुक्रबार ११:४१ मा प्रकाशित

अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ । सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो ।

https://www.youtube.com/watch?v=c3nVbZWxCp8&feature=youtu.be&fbclid=IwAR1SXu0r1–wG1v2KvN5G9NIHr3OViwoiuORRVqdWwJyOmovBd9K_U6kN4M

गीतको भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ । किनभने, यसअघि उनले कुनै गीतको निर्देशन गरेका छैनन् ।

गीतबारे शाहिल भन्छन्, ‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुँ । यो गीत सफल हुन्छ भन्नेमा म ढुक्क छु ।’
निर्मल विकको रिरिक्स, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x