१७ भाद्र २०८३, बुधबार

पूर्व खेलाडी समाज बाँकेमा प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित

एसीपी संवाददाता

३० माघ २०८१, बुधबार २०:३७ मा प्रकाशित

नेपालगंज – पूर्व खेलाडी समाज बाँकेमा प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ।


बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिती निर्बिरोध निर्बाचित भएको हो।
समाजको बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ रहेका छन।

त्यसैगरी सदस्यहरुमा गोबिन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोज कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन। निर्वाचन समिती प्रमुख शिव कुमार श्रेष्ठले सम्पुर्ण कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।
यस अघि समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घघाटन सत्रमा प्रमुख अतिथी ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र बहादुर हमालले पानसमा दीप प्रज्ज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुका साथै नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक एवम् कृयटिभ ह्याण्डसका अध्यक्ष टि यस ठकुरी, नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले शुभकामना दिनुभएको थियो। यसैबीच बुधवारै समाजको पहिलो बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ। बैठकले सधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिती, वडा नम्बर २ को कार्यालय लगायत सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेको छ साथै केही साताभित्रै भलिबल, शारीरिक सुगठन र ब्याडमिन्टन प्रतियोगिता आयोजन गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x