१२ मंसिर २०८३, शुक्रबार

पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ५ औं स्मृति दिवस

एसीपी संवाददाता

२६ माघ २०७७, सोमबार २१:३५ मा प्रकाशित

बाँकेमा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ५ औं स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा स्मृति सभाको आयोजना गरी दिवस मनाएको हो । बाँके सभापति किरण कोइरालाको सभापतित्वमा सभाको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले स्वर्गीय कोइरालाको सम्झना गर्दै सबैले स्वर्गीय कोइरालाले अंगाल्नुभएको जीवन पद्धतिको अनुशरण गर्नुपर्ने बताएका छन् ।

सभामा बोल्दै कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले लोकतन्त्र प्राप्तिका लागि स्व. कोइरालाले सम्पूर्ण जीवन अर्पण गर्नुभएको बताउनुभयो । शर्माले स्व. कोइरालाको सादगीपन र त्यागको प्रशंसा गर्दै उहाँले देखाउनुभएको बाटो अंगाल्न सबैमा आग्रह गर्नुभयो । त्यस्तै पूर्व सभापति सनत कुमार रेग्मीले बर्तमान परिवेशमा स्वर्गीय कोइरालाको बिचार झनै सान्दर्भिक भएको बताउनुभयो । लोकतान्त्रिक संबिधान स्वर्गीय कोइरालाकै देन भएको भन्दै रेग्मीले उक्त उपलब्धिलाई कांग्रेसले रक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस उपसभापति सुनिल नरसिंह राणाले संचालन गर्नुभएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, पूर्व सांसद्हरु ज्ञानु केसी, बादशाह कुर्मी, मोहम्मदी सिद्दिकी, अब्दुल हमिद सिद्दिकी, मैकुलाल बाल्मिकी, कांग्रेस महाधिबेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, नेता राजकुमार बर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x